तपाईँ सुन्दै हुनुहुन्छः

थप ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण, १ सय ९६ जनाको मृत्यु

File Photo

काठमाडौँ । आज देशभर ८ हजार २ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

२० हजार २ सय ८६ नमूनाको  पिसिआर परिक्षण गर्दा ८ हजार १ सय ३६ जना र ६ सय ९३ वटा नमूनाको ऐन्टीजेन परिक्षण गर्दा ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज काठमाडौँमा २ हजार ४९, ललितपुरमा ३ सय ६५ र भक्तपुरमा २ सय २१ सहित काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको छ ।
आज ६ हजार ८ सय ९१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुने दर ७४ दशमलव ६ प्रतिशत रहेको छ ।
आज थप १ सय ९६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । योसँगै नेपालमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५ हजार ४ सय ११ पुगेको छ ।
हाल देशभर १ लाख १४ हजार ५ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १ हजार ५ सय ९० जना आइसियुमा र ३ सय ९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालये जनाएको छ ।
मन्त्रालयका अनुसार हाल ४१ जिल्लामा ५ सय भन्दा बढी र १६ जिल्लामा २ सय भन्दा बढी सङ्ख्यामा सक्रिय संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button