तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा थप १० दिन निषेधाज्ञा, मेडिकल बाहेक सबै क्षेत्र पूर्ण रुपमा बन्द 

जुम्ला । जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएको छ । जेठ १ गते दिउसो १२ बजेदेखि ११ गतेसम्म लागु हुने गरी जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएको हो ।
जुम्लामा संक्रमण दर दैनिक बढ्दै गएकोले आज बसेको कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले जेठ १ गते दिउँसो १२ बजेदेखि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो । विगतको भन्दा कडा रुपमा लागु हुने गरी निषेधाज्ञा गरिएको हो ।
अबको १० दिन सम्म जुम्लामा अस्पताल र मेडिकल बाहेक सबै क्षेत्र पूर्ण रुपमा बन्द गरिने भएको छ । विगतमा बिहान ३ घण्टा खाद्यान्न पसल, डेरी सञ्चालन गर्दा लापरबाहीका कारण संक्रमण दर बढ्न थालेपछि स्वास्थ्य क्षेत्र बाहेक सबै बन्द हुने गरी निषेधाज्ञा लागु गरिएको हो ।
मेडिकल बाहेक बैङ्क तथा वित्तीय क्षेत्र, खाद्य किराना पसल, डेरी सबै १० दिनका लागि पूर्ण रुपमा बन्द गरिने छ भने अन्तर जिल्ला आगमन देखि एक गाउँदेखि अर्को गाउँ प्रवेशमा समेत रोक लगाइने र सवारी सञ्चालनमा समेत कडाइ गरिने प्रजिअ थापाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button