तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रम ओलीकाे शुभकामना सन्देश : श्रमिकहरुको तलब बढाउने घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवशरमा शुभकामना सन्देश दिनुभएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण प्रभावित भएको अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवशरमा भिडियो सन्दश दिनुहुँदै प्रधानमन्त्री ओलीले नेपालका श्रमिकहरुको तलब बढाउने घोषणा गर्नुभएको छ ।

मजजदुर दिवसको शुभकामना व्यक्त गर्दै उहाँले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पु¥याइने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले मजदुरको दैनिक पारिश्रमिक पनि ५१७ रुपैयाँबाट बढाएर ५७७ रुपैयाँ बनाइने बताउनुभएको छ ।

उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध भइसकेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले सामाजिक सुरक्षा र औपचारिक तथा अनौपचारिक श्रम क्षेत्रका श्रमिकहरूलाई क्रमशः योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने बताउँनुभयो ।

प्रधानमन्त्री ओलीले मानिसका लागि जीवन सबैभन्दा महत्त्वपूर्ण भएकाले महामारीबाट आम नेपालीको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताउनुभयो। उहाँले  कोरोनाविरुद्धको खोप सबैलाई छिट्टै  उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button