तपाईँ सुन्दै हुनुहुन्छः

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धादिङ । पृथ्बी राजमार्गको धादिङ खण्ड अन्तरगत धुनीबेसी नगरपालिकास्थित खानी खोला सडक खण्डमा मोटरसाइकलमा आगलागी हुँदा उक्त मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

गल्छिबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना१क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएर अनियन्त्रि भइ दुर्घटना हँदा मोटरसाइकलमा एक्कासी आगलागि हुँदा मोटरसाइकलमा सवार दुबै जनाको घटनास्थालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानी खोलाले जानकारी दिएको छ ।

मृत्यु हुने डा. सुरेश अधिकारी रहेका छन भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button