तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

कञ्चनपुर।कञ्चनपुरको पुनर्वासमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका वडा नम्बर २ अरनिकोबस्ती निवासी ५२ वर्षीया पोतेजोम तामाङ खेतमा काम गरी घर फर्कदै गर्दा अरनिकोबस्ती स्थित मिनि बजार नजिकै तीब्र गतीमा आएको से ४ प ५५४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना हुन पुगेको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी तामाङलाई आईबिआरडी स्थित पुनर्वास पाेलिक्लिनक देखि थप उपचारका लागि रेफर गरिएको भएपनि बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि सेति प्रादेशिक अस्पतालको आकस्मिक शव गृहमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल र चालक २२ वर्षीय सञ्जय सुनारलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button