तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवसायलाई प्रविधिमैत्री बनाइनेः सञ्चारमन्त्री गुरुङ

file photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यातायात व्यवसायलाई प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा आज नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका पदाधिकारीसँगको सामूहिक भेटमा मन्त्री गुरुङले ट्याक्सी, बस, कार लगायतका सार्वजनिक सवारी साधन सञ्चालनको कामलाई प्रभावकारी बनाउन यातायातको क्षेत्रलाई प्रविधिमैत्री बनाउने बताउनुभयो ।

उहाँले ग्राहकलाई ठगिनबाट जोगाउन तथा सडक जाम लगायतका समस्या नहुने व्यवस्था मिलाउन पनि यातायात व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button