तपाईँ सुन्दै हुनुहुन्छः

धादिङमा ट्रक एक-आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

धादिङ  ।  पृथ्वी राजमार्ग  अन्तर्गत  धादिङको थाँक्रे गाउँपालिका वडा नं २ कोइरालेमा दुई वटा ट्रक एक-आपसमा ठोक्किँदा दुई जनाको मृत्यु मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मुग्लिङबाट काठमाडौँ जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले बिग्रेर रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्रकका सहचालक सङ्खुवासभा घर भएका किरण कार्की र ट्रकमा सवार बर्दियाका सानोसुकी गाउँपालिका वडा नं ९ का किरण प्रताप गुरुङ  घटनास्थलमा मृत्यु भएको हो ।
दुर्घटनामा लु २ ख २७० नम्बरको ट्रकका चालक नवलपरासीको सुनवाल नगरपालिका वडा नं ६ का लिलाराम अधिकारी र बाराको करैया गाउँपालिका वडा न ४ बस्ने कमल शाह गम्भीर घाइते भएका छन्  ।
उनीहरूलाई स्थानीय र प्रहरीले उद्धार गरी राती नै उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button