तपाईँ सुन्दै हुनुहुन्छः

चितुवाको आक्रमणबाट एक जना घाइते

कञ्चनपुर । कञ्चनपुर जिल्लामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भित्र खर खडाई (काट्न ) गएका वेदकोट नगरपालिका ९ बस्ने अन्दाजी ४० वर्षीय लम्भु चौधरीलाई निकुञ्जको मालुमेला क्षेत्रमा चितुवाले आक्रमण गरि घाइते बनाएको सहायक संरक्षण अधिकृत कान्ती कडेलले बताउनु भएको छ । घाइते चौधरीको महाकाली अस्पताल महेन्द्रनगरमा उपचार भई रहेको छ ।

उहाँले खर खडाईमा निकुञ्ज भित्र जाने मानिसहरूलाई एकलै नभई समूहमा मात्र जान समेत अनुरोध गर्नु भयो । शुक्लाफाटा राष्ट्रिय निकुञ्जले पुस १० गते देखि १२ गते सम्म पूर्वी सेक्टर र पुस १३ गते देखि १५ गतेसम्म पश्चिम सेक्टरतर्फ खर खडाई गर्न खुल्ला गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button