तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुरमा खुला भलिबल प्रतियोगिता हुने

दाङ । दाङको तुलसीपुरमा खुला भलिबल प्रतियोगिता हुने भएको छ । स्वतन्त्र युवा क्लब तुलसीपुर ६ राजापुरको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिता यही पुस २३ गतेदेखि सुरु हुन लागेको हो ।

स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १८ बढी टिमको सहभागिता रहने क्लब का अध्यक्ष सन्दीप गौतमले जानकारी दिनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेल गतिविधिलाई चलायमान बनाउन सुरक्षासम्बन्धी सम्पुर्ण मापदण्ड अपनाउदै तुलसीपुर ५ मा रहेको अरनिको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद २५ हजार तथा प्रमाणपत्र र तृतीय हुने टिमले नगद १५ हजार र प्रमाणपत्र हात पार्ने प्रतियोगिता सञ्चालन समितिका संयोजक एच आर मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button