तपाईँ सुन्दै हुनुहुन्छः

अस्पताललाई १ करोड सहयोग

रुपन्देही । रुपन्देहीको  बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको लागि बुटवलका एक जना व्यवसायीले १ करोड रुपैयाँ सहयोग गर्नुभएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ मा निर्माण प्रस्ताव गरिएको अस्पतालको भवन निर्माणका लागि उद्योगी सुरज पाण्डेले एक करोड रुपैयाँ सहयोग गर्नु भएको हो ।
पाण्डेले अस्पतालको आठौँ वार्षिक साधारण सभाको अवसरमा शुक्रवार उक्त सहयोगको घोषणा गर्नुभयो ।
विगत २५ वर्षदेखि बुटवलमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आउनुभएका पाण्डेले हाल औषधि उद्योग र मोटरपार्टस सञ्चालन गर्दै आउनुभएको छ  । बुवा पीताम्बर पाण्डेय र आमा गङ्गा पाण्डेयका सुपुत्र रहेका सुरज विभिन्न सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ  । यसअघि पनि अस्पताललाई २५ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो ।
सो अवसरमा उहाँलाई गौतमबुद्ध  सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लुम्बिनी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरी, अस्पतालका डा.समीर गौतमले सम्मान गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री गिरीले अस्पतालको विकासमा प्रदेश सरकारले साथ दिने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button