तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु 

No description available.

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटीको तेस्रो पूर्ण बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बैठकमा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी हुनुहुन्छ ।

यसअघि दुबै समूहमा नखुल्नुभएका गृहमन्त्री थापा आज भने बालुवाटारमा जारी बैठकमा सहभागी हुनुभएको हो ।

No description available.

बैठकमा महासचिव विष्णु पौडेलले पछिल्लो घटनाक्रम र बैठकले लिनुपर्ने निर्णयहरुका बारेमा धारणा राख्नुभएको छ ।

यसैबीच पुष्पकमल दाहाल प्रचण्ड र माधब नेपाल समूहको बैठक पनि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सुरु भएको छ । बैठकमा सो समूहको महासचिव तोकिने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button