तपाईँ सुन्दै हुनुहुन्छः

झापामा एक महिनामा २२ फरार प्रतिवादी पक्राउ

झापा । विभिन्न मुद्दामा अदालतबाट सजाँय फैसला सुनाइएका तर फरार रहेका २२ जना प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार फरार सूचीमा रहेका तिनीहरुलाई मंसीर महिनामा जिल्ला र जिल्ला बाहिरबाट समेत पक्राउ गरी अदालतमा पेश गरिएको हो । अदालतले उनीहरुलाई कसुर र सजाँयको प्रकृति अनुसार कारागार चलान गरेको छ ।

मंसीर महिनामा बैंकिङ कसुरका २ जना, चोरीका ४ जना, अवैध लकडी ओसारपसारका ३ जना, लागूऔषधका ४ जना, सवारी ज्यानसम्बन्धी ४ जना, बहुविवाहका २ जना, ठगीका एकजना, सरकारी छाप र दस्तखत किर्ते गरेको सम्बन्धका एकजना र चेक अनाद गरेको आरोपमा एकजना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button