तपाईँ सुन्दै हुनुहुन्छः

सरकारका सात मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौँ ।  प्रतिनिधिसभा विघटनको निर्णयमा असहमति जनाउँदै सरकारका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको छ ।
राजीनामा दिनेहरूमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमािण पोखरेल, ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नुभएको हो ।
प्रतिनिधिसभा विघटनको निर्णयलाई रोक्न मन्त्रिपरिषद्मा समेत आफ्नो तर्फबाट अधिकतम प्रयास गर्दा पनि सफल हुन नसकेपछि राजीनामा दिने निर्णयमा पुगेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमािण पोखरेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button