तपाईँ सुन्दै हुनुहुन्छः

आज थप १ हजार २९ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । कोरोना भाइरसबाट आज थप एक हजार २९ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप ७ सय ८२ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ ।

आज ५ हजार ७ सय ६ वटा नमूना परीक्षण गर्दा ३ सय ५ जना महिला तथा ४ सय ७७ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज देशभर गरी जम्मा ९ हजार ३ सय १७ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९५ दशमलव ६ प्रतिशत पुगेको छ ।

यस्तै आज थप १६ जनाको मृत्यु भएपछि हालसम्म कोरनोका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button