तपाईँ सुन्दै हुनुहुन्छः

कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त १३ वर्षपछि पक्राउ

लमजुङ । कर्तव्य ज्यान सम्वन्धी कसूरमा फरार एक अभियुक्तलाई लमजुङ प्रहरीले घटना भएको १३ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा फरार अभियुक्त दोर्दी गाउँपालिका वडा नं. ६ सिमि गाउँकी पदमी गुरुङलाई पक्राउ गरेको हो ।

१३ वर्ष अघि २०६४ बैशाख १५ गते घाँस काट्न जंगल गएको अवस्थामा दोर्दी ६ की २५ वर्षीया पाचौटी गुरुङलाई हत्या गरेर फरार रहदै आएकी पदमीलाई खोजतलासको क्रममा यहि मंसिर २४ गते राती १ वजेको समयमा प्रहरी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गंगावहादुर थापाले वताउनुभयो ।

घाँस काट्न जाँदा आपसी विवाद हुदा गुरुङले पिचौटीलाई ढुङगा तथा दाउँरा प्रहार गरी हत्या गरी फरार रहेको प्रहरीले जनाएको छ । अभियुक्त गुरुङलाई सोही समयमा कर्तव्य ज्यान सम्वन्धी कसुरमा लमजुङ जिल्ला अदालतबाट ९ वर्ष ६ महिना २१ दिन कैद सजाय हुने गरी फैसला भएको थियो ।

कैद फैसला पश्चात फरार अभियुक्त सोही समयदेखि वैदेशिक रोजगारमा इराक रहेको र एक महिना अघि मात्र घर फर्किएको सुचनाको आधारमा खोजतलास गर्दा दोदी–६ सिमीस्थित माइतीघरबाट पक्राउ गरीएको प्रहरी नायव निरीक्षक ओमप्रकाश पुनले जानकारी दिनुभयो । प्रहरीका अनुसार अभियुक्त गुरुङलाई कैद भुक्तानका जिल्ला कारागार कार्यालय चलान गरि सकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button