तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा उपचाररत थप दुई जना कोरोना सङक्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा उपचाररत दुई जना कोरोना सङक्रमितको मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका ४० वर्षीय पुरुष र भैरहवाको भीम अस्पतालमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ८ का ७३ वर्षीय पुरूषको मृत्यु भएको हो ।

अर्घाखाँचीका पुरुष ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर १७ गते अस्पतालमा भर्ना हुनुभएको र उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

भैरहवामा मृत्यु भएका ७३ वर्षीय पुरुष मुटुका रोगी रहेको र स्वास्थ्यमा समस्या भएपछि सोमबार मात्रै उपचारका लागि अस्पतालमा भर्ना पनि बचाउन नसकिएको भीम अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button