तपाईँ सुन्दै हुनुहुन्छः

विश्व पर्यटन दिवसमा होमस्टे प्रवद्र्धन

दोलखा । विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसरमा गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको लामाबगर र गाेंगरका १० जना स्थानियलाई होमस्टे (घरवास) को लागि बिभिन्न सामग्री वितरण गरेको छ ।

कोरोना संक्रमणको कारण प्रभावित बनेको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगर र गोंगरका १० नयाँ ठाँउमा होमस्टेको सञ्चालनको लागि बिभिन्न सामग्री वितरण गरिएको संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले बताउनु भयो ।

संरक्षण क्षेत्र आयोजनाले प्रतिघर २० हजार बराबरको सिरक, डस्ना, तकिया, सिरानी, चप्पल, डोरम्याट, डस्टविन, तौलिया, हाङ्गर, ऐना, रजिष्टर, एसट्रे, कार्पेट लगायतका सामग्री वितरण गरेको आयोजना प्रमुख शाहले बताउनु भयो । उक्त सामग्री कालिञ्चोक गाँउपालिकाका उपप्रमुख कालिका पाठक र संरक्षण वन उपभोक्ता सञ्जाल दोलखाका अध्यक्ष रामचन्द्र खड्काले वितरण गर्नु भएको थियो ।

विगु गाँउपालिका वडा नम्बर १ लामाबगर र गोंगर आयोजनाको ड्यामसाईट, पर्यटकीय केन्द्र लप्ची, रोल्वालिङको प्रस्थान विन्दु भएकोले पनि यो स्थानमा होम स्टेको व्यवस्थापन र प्रवद्र्धन आवश्यक रहेको आयोजनाको पर्यटन सहायक याङ्टी शेर्पाले बताउनु हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button