रेडियो नेपालको कार्यकारी निर्देशक केसीद्वारा पद बहाली
काठमाडौँ- रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीले आज पदबहाली ग्रहण गर्नुभएको छ ।
उहाँलाई गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नियुक्त गरेको थियो ।पदबहाली गर्नुअघि उहाँले सिंहदरबारस्थित सूचना र सञ्चार प्रविधि मन्त्रालयमा शपथ ग्रहण गर्नुभएको थियो ।
उहाँलाई रेडियो नेपालका नायव कार्यकारी निर्देशकहरु अशोक बास्कोटा र कृष्ण कोइरालासहित कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।
नवनियुक्त कार्यकारी दिर्नेशक केसी २०४९ सालमा रेडियो प्रसारण केन्द्र दिपायलबाट रेडियो नेपालमा सेवा प्रवेश गर्नुभएको थियो ।
रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक केसी पूर्वाञ्चल विश्व विद्यालयबाट पत्रकारीता तर्फको स्नातकोत्तर तहको गोल्ड मेडलिष्ट समेत हुनुहुन्छ ।
खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटबाट सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये सरकारले केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो । केसी रेडियो नेपालकै नायव कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।
रेडियो नेपालको इतिहासमा खुला प्रतिस्पर्धामार्फत कर्मचारीबाटै कार्यकारी निर्देशक नियक्तु भएको यो नै पहिलो पटक हो ।
प्रतिक्रिया राख्नुहोस्