तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठकः एकतालाई खल्बलिन नदिने गरी सहमति खोजिने

काठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको संकट समाधानका लागि केही दिनदेखि भइरहेको छलफललाई जारी राख्ने र पार्टी एकतालाई खल्बलिन नदिने गरी सहमति खोजिने भएको जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा कसरी सम्बोधन गर्ने भन्नेबारे दुई अध्यक्ष र अरु नेताहरुले गृहकार्य गरिरहनुभएको जानकारी गराउँदै भोलि ३ बजे स्थायी कमिटीको पूर्वनिर्धारित बैठक बस्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button