तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका १७ जना कोरोना संक्रमित डिस्चार्ज

पर्वत । पर्वतमा कोरोना संक्रमित भएर उपचार गराइरहेका थप १७ जना आज डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार १७ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाउन थालिएको हो ।

जिल्लाका कुल ९४ जना संक्रमीत मध्ये अव भने छ जना मात्रै उपचारको क्रममा रहेका छन् । संक्रमीत थपिने भन्दा निको हुने दर पर्वतमा बढेर गएको छ ।

यसअघि ७१ जना निको भएर घर फर्किसकेका छन् । आज एकै दिन १७ जना डिस्चार्ज भएपछि आइसोलेसनको भरीभराउ वेडहरु अहिले खाली भएका छन् ।

स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीका अनुसार आइसोलेसनमा रहेका कसैमा पनि अहिलेसम्म संक्रमणको लक्षण देखिएको छैन् । भारतबाट फर्किनेहरुको संख्या न्यून भएपछि क्वारेन्टाइनमा बस्नेको संख्या पनि घटिरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार ९२ जना क्वारेन्टाइनमा बसेको तथ्यांक कार्यालयसंग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button