तपाईँ सुन्दै हुनुहुन्छः

चैलानीमा बगेका बालक महाकालि नदिमा मृत फेला, शब बैतडी ल्याइदैँ

बैतडी । बैतडीको डिलाशैनि गाउँपालिका वडा न. ६ बाट हिजो दिउँसो २ बजे चौलानि नदिमा बगेका बालकको साँझ झुलाघाट स्थित महाकालि नदिमा शब फेला परेको छ ।

९ बर्षीय बालक रुपेश नाथको शब बेलुका ७ बजेतिर महाकाली नदी पारी भारतको झुुलाघाटमा फेला परेको हो । बाख्रा चराउन गएका नाथ डडियास्थित चौलानी नदिमा बगेर आएको बोत्तल समाउन भनि नदि किनारमा गएका बेला बगेर बेपत्ता भएका थिए ।

भारतको झुलाघाटमा मृत अवस्थामा फेला परेका डिलाशैनि ६ बैतडीका बालक रुपेश नाथको शव नेपाल ल्याउनको लागि आज झुलाघाट नाका खोलिएको छ । मृतक नाथको शव भारतमै परिक्षण गरेर नेपाल ल्याइन लागेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

नाथको शव नेपाल ल्याउनको लागि झुलाघाट नाका खोल्ने दुई देशका स्थानीय प्रशासनबिच सहमती भएको र सोही सहमतिका आधारमा शव ल्याइन लागेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button