तपाईँ सुन्दै हुनुहुन्छः

बारेकोटमा पुर्याइयो राहत सामग्री

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका ४ सार्कीगाउँमा पहिरोमा परी बेपत्ता भएका २ जनाको शव फेला परेको छ ।

आज सुवास सार्की र कलु सार्कीको शव फेला परेसँगै मृतकको संख्या ९ पुगेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।

पहिरोमा परी अझै ५ जना बेपत्ता रहेका र उनीहरुको खोजी भइरहेको गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।

यस्तै आज पहिरो प्रभावित बारेकोटमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामाग्री लगिएको छ ।

पीडित परिवारका लागि त्रिपाल, कम्बल, चामल, च्युरा, चाउचाउ लगायत राहत सामग्री पठाइएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button