४ जना घाइतेलाई काठमाडौं लगियो
मेलम्ची । बाह्रबिसे बाढीमा परि घाइते भएका ४ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।
बाढीमा परि घाइते भएका सविता बस्नेत र सुवेश तामाङलाई कैलाश एयरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
त्यस्तै फुर्वा तामाङ र अर्का १० दिने शिशुलाई माउन्टेन एयरको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्