तपाईँ सुन्दै हुनुहुन्छः

बाढीमा परी बेपत्ता भएकाहरूको पहिचान, सभामुख सापकोटा बाह्रबिसेमा

मेलम्ची । सिन्धुपाल्चोकमा बाढीमा परी बेपत्ता भएकाहरूको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोसी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् ।

बाह्रबिसे नगरपालिकाको कार्यालयका अनुसार बेपत्ता हुनेहरूमा भिमबहादुर वाईवा,चिनीमायाँ वाईवा, लिलामायाँ बाइबा, पासाङ डोल्मा बाइबा, निम डोल्मा बाइबा, लक्ष्मण बाइबा, सुनमाया बाइबा, जनक बहादुर बाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोक बहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ रहेका छन् ।

बेपत्ता हुनेमा भोटेकोसी गाउँपालिकाका निमादोर्जे तामा, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् ।

बाढीमा परी मृत्यु भएका निकेश बस्नेत र उनकी ३ बर्षिया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।

सभामुख सापकोटा बाह्रबिसेमा
सभामुख अग्निप्रसाद सापकोटा बाह्रबिसे पुग्नु भएको छ । सेनाको ब्यारेकमा हेलिकप्टर ल्यान्ड गरिएको र बाटो सफा गरेर स्थल मार्गबाट उहाँ घटनास्थल पुग्नुहुने उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button