राप्ती नदीको बाढीमा फसेका ११ जनाको उद्धार
नेपालगन्ज । बाँकेमा बाढीमा फसेका ११ जनाको गए राति उद्धार गरिएको छ ।
राप्ती नदीमा बाढी आएपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ गौशाला र ललहीमा फसेका ११ जना स्थानीयलाई सशस्त्र प्रहरीले उद्धार गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।
हिजो राप्ती नदीमा पानीको सतहले खतराको तह पार गरेको थियो । अहिले भने पानीको सतह घट्दो क्रममा रहेको कुरुम्बाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्