तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले मध्य पहाडी लोक मार्ग अवरुद्ध

पर्वत । मध्य पहाडी लोक मार्गमा पहिरो खसेर अवरुद्ध भएको छ ।

पर्वतको कुस्मा नगरपालिका १ सहस्रधारामा पहिरो जाँदा सडक पुरिएको छ । सडक पुरिँदा दुईतर्फी यातायात सञ्चालन हुन सकेको छैन ।

बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लाबाट देशका विभिन्न ठाउँमा अति आवश्यक काम परेर जान चाहेका सर्वसाधारणहरू पहिरोका कारण रोकिएका छन् ।

पहिरो पन्छाउने काम भइरहेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

लकडाउनका कारण सार्वजनिक यातायात कम मात्रामा चले पनि निजी सवारी र बिरामी बोक्ने एम्बुलेन्स भने चलिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button