तपाईँ सुन्दै हुनुहुन्छः

महर्जन सामाजिक उत्तरदायित्व कमिटीको सदस्यमा नियुक्त

अखिल नेपाल फुटबल संघ एन्फाले रविन महर्जनलाई सामाजिक उत्तरदायित्व कमिटीको सदस्यमा नियुक्त गरेको छ ।

पछिल्लो पटक एन्फामा विभिन्न समितीमा सदस्य थप्ने र नयाँ जिम्मेवारी दिने क्रम बढिरहेको छ । केही दिन अगाडी मात्र एन्फाले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र दावा गुरुङको जिम्मेवारीलाई हटाएर अर्को व्यक्तिलाई दिएको थियो ।

एन्फाले संस्थाको पदपूर्ति समिति र सदस्य समन्व्य समितिका संयोजकको भूमिकामा रहेका पंकज नेम्वाङ्ग र फुटसल कमिटिका संयोजक रहेका दावा लामालाई बाहिर राख्दै नयाँ व्यक्तिलाइ जिम्मेवारी दिएको छ ।

सिक्षितलाई पदपुर्ति कमिटीको जिम्मेवारी दिएको छ भने बीरबहादुरलाई सदस्य संस्था समन्वय समितीको प्रमुख बनाइएको छ ।

यस्तै एन्फाको कार्यसमितीका सदस्य रत्नकुमार श्रेष्ठलाई फुटसल कमिटीको कार्डिनेटरको जिम्मा दिएको छ । यसअघि यसमा दावा लामा रहेका थिए । एन्फा अध्यक्ष कर्माले पाएको अधिकारको प्रयोग गरेर उनीहरूको जिम्मेवारीमा हेरफेर गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button