तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : चार वटा विधेयक स्वीकृत

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले विभिन्न विषयका चार वटा विधेयक स्वीकृत गरेको छ ।

बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक–२०७७, राष्ट्र ऋण उठाउने विधेयक–२०७७ र ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावहरू बैठकले स्वीकृत गरेको हो ।

यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक–२०७७’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत बैठकले सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी असार ८ गते सोमबार दिउसो १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button