तपाईँ सुन्दै हुनुहुन्छः

आज थप छ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि, मृतकको सङ्ख्या २२ पुग्यो

फाइल तस्बिर

काठमाडौँ । आज थप छ सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या सात हजार आठ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप पाँच सय ९१ जना पुरुष र ८० जना महिलामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका दुई र मोरङका एक जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ४२, बैतडीका २५, बाजुराका ४१, डडेलधुराका ८४, कैलालीका २१, कपिलवस्तुका १६, रौतहटका ३४, भक्तपुर र रुपन्देहीका तीन÷तीन, काठमाडौँ, नुवाकोट र सर्लाहीका दुई÷दुई, सिन्धुपाल्चोक, ललितपुर, नवलपरासी र महोत्तरीमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा सिन्धुलीका एक जना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा पर्वतका पाँच, चितवन र नवलपरासी पूर्वका एक÷एक जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका २९ , नवलपरासी पूर्वका ३०, स्याङ्जाका नौ, पर्वतका चार, तनहुँका १५, गोरखाका ११ तथा बागलुङ र मनाङका एक÷एक जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका तीन, पाल्पाका छ, रुपन्देहीका नौ, अर्घाखाँचीका ९७, तथा कपिलवस्तु, रोल्पा र नवलपरासीका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बर्दिया र बाँकेका तीन÷तीन तथा कैलाली र दैलेखका एक/एक, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका चार जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ८६ र सुर्खेतका ३४ जना, सेती अस्पताल कैलालीमा गरिएको परीक्षणमा कैलालीका २०, डोटीका ५ तथा अछाम, बझाङ र कञ्चनपुरका दुई/दुई जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जनकारी दिनुभयो ।

आज पहिलो पटक मनाङका एक जनामा सङ्क्रमण पुष्टि भएसँग हालसम्म ७४ जिल्लाका सात हजार दुई सय २९ जना पुरुष र छ सय १९ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

यसै गरी आज थप १९ जना कोरोना भाइरसको सङ्क्रमण मुक्त भयसँगै हालसम्म सङ्क्रमण मुक्त भई घर फर्किनेको कूल सङ्ख्या एक हजार एक सय ८६ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आइसोलेसन सेन्टरबाट १७ जना पुरुष र दुई जना महिला सङ्क्रमण मुक्त भएका छन् ।

आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट छ, नारायणी अस्पताल वीरगन्जबाट आठ, सलकोट आइसोलेसन सेन्टरबाट तीन तथा महाबुब आइसोलेसन सेन्टर दैलेख, सिम्टा आइसोलेसन सेन्टर सुर्खेतबाट एक÷एक जना सङ्क्रमण मुक्त भई घर फर्किएका छन् ।

नेपालमा हाल सम्म एक सय १४ जना महिला एक हजार ७२ जना पुरुष सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी नेपालमा कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ ।

गोदावरी नगरपालिका वडा नं. ४ कैलालीका ४६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने लम्कीचुहा–२ कैलालीका ४३ वर्षीय महिलाको टाउकोमा चोट लागि नेपालगन्ज अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या २२ पुगेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जनाकारी दिनुभयो ।

देशका विभिन्न प्रयोगशालामा हाल सम्म जम्मा एक लाख ५५ हजार पाँच सय १८ जनाको पिसीआर तथा दुई लाख ४३ हजार ७५ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार सात सय ४६ जनाको पिसीआर तथा नौ हजार पाँच सय ३२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसै गरी आज देशका विभिन्न स्थानमा रहेका क्वारेनटाइनमा एक लाख १६ हजार दुई सय १५ जना रहेका छन् भने विभिन्न आइसोलेसन स्थलहरूमा छ हजार छ सय ४८ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button