तपाईँ सुन्दै हुनुहुन्छः

महामारी बढेको भन्दै कोरोना परीक्षण बढाउन सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सासंदहरुले कोरोनाको महामारी बढ्दै गएको, क्वारेनटिन डब्लुएचओ(ध्ज्इ) मापदण्ड अनुरूप बनाउनु पर्ने, कोरोना परीक्षणको दायरा बढाउनु पर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सत्ता पक्षीय दल नेकपाका सांसद खगराज अधिकारीले विभिन्न अभावका बाबजुद सरकारले महामारी नियन्त्रण, क्वारेनटिन व्यवस्थापन र रोगको परीक्षण गरिरहेको भन्दै यसलाई अझै प्रभावकारी बनाएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबाट नेपालाई आउने रकमबाट ऊर्जा विकास र सडक स्तरोन्नति मार्फत दिगो विकास र गरिबी निवारण सहयोग पुग्ने बताउनुभयो

बैठकमा सांसदहरुले कैलाली जिल्लामा क्वारेनटिनमा महिलामाथि सामूहिक बलात्कारको घटना भएको भन्दै महिलाहरूलाई छुट्टै क्वारेनटिन राख्न र प्रभावकारी सुरक्षाको प्रबन्ध गर्न सरकारको कर्षण गराउँदै दोषीमाथि छिटो भन्दा छिटो कारबाहीको माग गर्नुभयो ।

सांसदहरुले रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरू स्वदेश फर्कने क्रम दिनानुदिन दिन बढिरहेको भन्दै सांसदहरुले सुदूरपश्चिम लगायतका भारतबाट बढी नागरिक भित्रिरहेका क्षेत्रमा कोरोना परीक्षणको दाएरा बढाउन माग गर्नुभयो ।

सांसदहरुले कोरोना सङ्क्रमणका कारण विश्वका विभिन्न मुलुकबाट स्वदेश फर्कन चाहने सबै नेपालीहरूलाई स्वदेश ल्याउने प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले पछिल्लो समय मुलुकमा विभिन्न हिंसात्मक घटना बढिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै सरकारले दोषीलाई पक्रेर सत्य तथ्यको छानबिन गरी पीडितलाई न्याय दिन समेत आग्रह गर्नुभयो ।

सांसदहरुले विद्यालय पठनपाठन विद्युतीय माध्यमबाट गर्दा विद्युतीय माध्यममा पहुँच पुगेका र नपुगेका विद्यार्थीबिच विभेद हुने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले कृषकहरूको खेती लगाउने समय सुरु भएको भन्दै सिँचाइ, मल र बिउ समयमा नै उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button