तपाईँ सुन्दै हुनुहुन्छः

वार्ता गर्ने र सो अवधि सम्म कुनैपनि विरोध प्रर्दशन नगर्ने सर्तमा रिहा

मेलम्ची । मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्दा पक्राउ परेका पाँच जनालाइ प्रहरीले केहिबेर अगाडि छोडेको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरुले आयोजना विरुद्ध आन्दोलन गर्दा प्रहरीले पाँच जनालाइ पक्राउ गरेको थियो ।

भोलि मंगलबार खानेपानि मन्त्रालयमा वार्ता गर्ने र सो अवधि सम्म कुनैपनि नाराजुलुस, विरोध प्रर्दशन नगर्ने सर्तमा छोडेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिनुभयो ।

कोरोना भाइरस कोभिड १९को महामारीको बेला २५ जना भन्दा बढि भिड गरि लकडाउनको उलङ्घन गरेको भन्दै प्रहरीेले आन्दोलनकारी लाइ नियन्त्रणमा लिएको थियोे ।

प्रहरीले आयोजना पिडित उत्तर कुमार श्रेष्ठ, पुरुषेत्तम श्रेष्ठ, बुद्धिकृष्ण लामिछाने, बलराम लामिछाने, राजनलाल श्रेष्ठ गरि ३ जना सप्लार्यस र २ जना मजदुर गरि ५ जना सबैलाइ रिहा गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाको यसअघिको इटालियन ठेकेदार कम्पनी (सीएमसी) ले बिचमा नै आयोजनाको काम छाडेर भागेपछि सीएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदारहरु लामो समयदेखि आन्दोलनमा छन् । लगातार तीन महिनासम्मको बन्दाबन्दी हुँदापनि कोरोना भाइरसबाट तत्काल मुक्ति नपाइने विज्ञहरुले सुझाव दिएको र पीडितको मागप्रति खानेपानी मन्त्रालयले देखाएको छलकपटपुर्ण व्यवहारका कारण पीडितहरुले बाँकी रकम भुक्तानीको एक सुत्रिय माग गर्दै आन्दोलन पुन सुचारु गरेका हुन् ।

स्थानीय भेन्डर तथा सप्लायर्सको इटालिएन ठेकेदार कम्पनी सिएमसीसँग मजदुर र स्थानीय आपूर्तिकर्ताले एक अर्ब ६७ करोड रुपैयाँ लिन बाँकी रहेको दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button