तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७३

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नंं २ को विभिन्न जिल्लामा गरेर १ सय ९६ जना कोरोनाका नयाँ भव्यक्तिमा संक्रमण भएको पुष्टि भएको छ । नयाँ संक्रमित संगै प्रदेश नंं २ मा संक्रमितको संख्या १ हजार ५ सय ७३ जना पुगेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितहरुमा सवै भन्दा बढी रौतहट जिल्लामा ६८ जना रहेका छन् । यसै गरि महोत्तरीमा ४४ जना, सर्लाही जिल्लामा ४३ जना, धनुषामा २२ जना, सिरहामा १३ जना तथा सप्तरीमा ६ जनामा थप संक्रण देखिईएको छ । नयाँ संक्रमितहरु भारतको विभिन्न शहरहरुवाट आएर स्थानीय तहले निर्माण गरेको क्वारेन्टाईनमा बस्दै आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

संक्रमितहरुलाई सम्बन्धित जिल्लामा निर्माण गरिईएको आईसोलेशन सेन्टरमा ल्याउने कामकाज भईरुहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नंं २ मा अहिले सवै भन्दा बढी प्रभावित जिल्लाहरुमा रौतहट तथा सर्लाही जिल्ला भएका छन् । यस अघि पर्सा जिल्लामा संक्रमणको संख्या बढी रहेका थिए ।

सर्लाही तथा रौतहट जिल्लाको क्वारेन्टाईनहरुमा भारतवाट आएकाहरु दिल्ली तथा मुम्बईबाट आएकाहरु नै बढी मात्रामा रहेको कारणले संक्रमण बढी देखिईएको छ । खास गरेर भारतको दिल्ली तथा मुम्बईवाट आएकाहरुलाई छुट्याएर राखेको भए संक्रमणको डर कम हुने स्वास्थ्य कर्मीहरुले नै बताउन थालेका छन् ।

भारतमा अहिले दिल्ली तथा मुम्बई अत्यधिक कोरोनाले प्रभावित शहर भएका कारणले ती दुई ठाउँवाट आएकाहरुमा संक्रमणको सम्भावना बढी नै रहेको छ । उता संक्रमितहरुको दर बढेसंगै क्वारेन्टाईनमा बस्नेहरुको संख्यामा क्रमशः कमी आउन थालेका छन् । क्वारेन्टाईनहरुमा कुनै बेला २६ हजार पुगेकोमा अहिले आएर १९ हजार ७ सय ६९ जनामा झरेको छ ।

तर, होम क्वारेन्टाईनमा वस्नेहरुको संख्या बढेको छ । क्वारेन्टाईन अवधि पार गरेकाहरुलाई १४ दिन घरमा वस्नका लागि निर्देशन दिएअनुसार अहिले होम क्वारेन्टाईनमा ७ हजार ८ सय ७२ जना रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button