तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीका ७ जना संक्रमित कोरोना जितेर फर्के

सुर्खेत । पहिलो पल्ट कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतबाट संक्रमितमध्ये ७ जना कोरोना भाइरस (कोभिड–१९) लाई पछार्न सफल भएका छन् । जेठ पहिलो साता संक्रमण पुष्टि भएर प्रदेश अस्पताल सुर्खेतस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक ३५ वर्षीया महिलासहित ६ जना पुरुष आज निको भएर डिस्चार्ज भएका हुन् ।

कोरोना विशेष अस्पतालका अनुसार ठेगाना नखुलेकी एक महिलासहित एक जना पुरुष दैलेख र बाँकी सबै युवा सुर्खेतका स्थानीय रहेका छन् । प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले कोरोना विशेष अस्पतालको आईसोलेसनमा उपचाररत ६७ जना मध्ये निको भएर आज ७ जनालाई डिस्चार्ज गरिएको जानकारी दिनु भयो ।

कोरोना जितेर फर्किनेको विदाईमा कर्णालीका प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता जोशी भण्डारी, प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्मर खड्का लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button