तपाईँ सुन्दै हुनुहुन्छः

विनियोजन विधेयक बहुमतले स्वीकृत

प्रतिनिधि सभाको आजको दोस्रो बैठकले “विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले “विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्तुत गर्नु भएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रतिपक्षी दलका सासंदहरुले कोरोनाको महामारी फैलिरहेको समयमा पिसिआर जाँच गर्न सक्ने समेत अवस्था नभएको समयमा समेत स्वास्थ्यमा अझै प्रभावकारी बजेट आउन नसकेको बताउनुभयो ।

वेरोजगार र रोजगारी गुमाएर विदेशबाट फर्केका युवालाई रोजगारी र आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा प्रभावकारी अनुदानको व्यवस्था गर्न नसकेको सांसदहरुले बताउनुभयो ।

सांसदहरुले वजेट असन्तुलित, परम्परागत रुपमा आएको, महिलाको विकासमा ध्यान नदिएको र प्राथमिकता तोकेर आउनु भन्दा छरिएर वजेट आएको आरोप लगाउनु भयो ।

सत्तापक्षीय दलका संसदहरुले भने विनियोजन विधेयक वजेटको मर्म सिद्धान्त, भावना अनुरुप आएको बताउनु भयो ।

सभामुख अग्नीप्रसाद सापकोटाले विनियोजन विधेयक माथिको विभिन्न शिषकहरु माथिको छलफल यहि जेठ २३,२४,२५ र २६ गतेका लागि तोकिएको जानकारी गराउनु भयो ।

प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले “विनियोजन विधेयक, २०७७”, राष्ट्र ऋण उठाउने विधेयक, २०७७” र “ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७” प्रस्तुत गर्नुभयो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” प्रस्तुत गर्नुभयो ।

बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीलेको तर्फबाट कानुन, मन्त्री डा. तुम्वाहाङफेले “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको नेपाल सरकारको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन” पेश गर्नुभयो । .

महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७७” पेश गर्नुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ २३ गते शुक्रवार विहान ११ वजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button