तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीका कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु भएको यो तेस्रो घटना

बुटवल । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको निधन भएको छ । रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

भेन्टिलेटरमा राखेर सिकिस्त अवस्थामा उपचार भइरहेको उनको बिहीबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । गुल्मी मदाने गाउँपालिका–६ का उनी सो अस्पतालमा एक हप्तादेखि उपचाररत थिए ।

उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । नेपालमा बिहिबार बिहानसम्म ४ सय ४४ जनाका कोरोना पुष्टि भएको छ भने ४५ जना उपचारपछि घर फर्किएका छन् ।

तीन जनाको भने मृत्यु भएको । यस अगाडि सिन्धुपाल्चोकमा एक र बाँकेमा एक जनाको कोरोनाको कारण मृत्यु भएको थियो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button