तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्‍नको जवाफ दिनुहुने

काठमाडौं । आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिने कार्यक्रम तय भएको छ । संसद बैठक मंगलवार मध्याह्न १२ बजे बस्दै छ ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिइसकेपछि संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको छ । त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button