तपाईँ सुन्दै हुनुहुन्छः

बेलहियाबाट उद्दार गरिएका ५ सय १० नेपालीको कोरोना परीक्षण आजबाट सुरु

बुटवल, रुपन्देही । रुपन्देहीको नेपाल भारत सीमा क्षेत्र बेलहियाबाट उद्दार गरिएका ५ सय १० नेपालीको कोरोना परीक्षण आजबाट सुरु भएको छ । भारतका विभिन्न ठाउँबाट आएर सिमा क्षेत्रको क्वारेन्टाइनमा बसेका नेपालीलाई हिजोमात्र उद्दार गरिएको थियो ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले आजबाट परिक्षण सुरु भएको बताउनुभयो । परिक्षण भोली पनि जारी रहने र परिक्षणका आधारमा सम्बन्धित जिल्लामा नागरिकलाई पठाइने उहाँले बताउनुभयो ।

हिजो ५ सय १० जना नेपाली बेलहियाबाट उद्धार गरिएको थियो । नेपाल ल्याइएकामध्ये २ सय ३३ जनालाई तिलोत्तमा नगरपालिकाका २ वटा क्वारेन्टाइनमा राखिएको छ भने २ सय ७७ जनालाई सिद्धार्थनगर नगरपालिकाकोे क्वारेन्टाइनमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button