तपाईँ सुन्दै हुनुहुन्छः

बुद्धप्रति नेपालीले गर्व गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले गौतम बुद्धप्रति नेपालीले गर्व गर्र्नुपर्ने बताउनुभएको छ ।
२५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा शुभकामना दिँदै प्रचण्डले बुद्धप्रति नेपालीले गर्व गर्र्नुपर्ने बताउनुभएको हो । ‘बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याउनु भएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं’, प्रचण्डद्वारा जारी शुभकामना व्यक्तव्यमा भनिएको छ ।

नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिएका बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको प्रचण्डले उल्लेख गर्नुभएको छ ।

कारोनाविरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुझ्न मद्दत मिल्ने विश्वास लिएको उहाँले बताउनुभएको छ ।

प्रचण्डले आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा समेत शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button