तपाईँ सुन्दै हुनुहुन्छः

साना किसान सहकारीले पुर्याउँदैछ किसानलाई मल बीउ

झापा । विश्वव्यापी महामारी प्राणघातक कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन लम्बिँदै जाँदा किसानलाई बर्खे खेतीका लागि आवश्यक मल–बीउ जोहो गर्न समस्या देखिएको छ ।

किसानको यही समस्यालाई ध्यानमा राख्दै झापा भद्रपुर ४ मा रहेको साना किसान सहकारी संस्थाले आफ्ना सदस्य र गैरसदस्य किसानको घर–घरमा मल बीउ पुर्याउन थालेको छ ।

संस्थाले आफ्नो सेवा क्षेत्र रहेको भद्रपुर वडा नं ४, ६ र ७ का किसानलाई घरघरमै मल र बीउ पुर्याउन शुरु गरेको संस्थाका अध्यक्ष मदनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्हिलो चरणमा २०० बोरा डीएपी मल र १०० बोरा उन्नत जातको धानको बीउ सहुलियत मूल्यमा उपलब्ध गराइएको संस्थाका प्रवन्धक तीर्थराज ओझाले बताउनु भयो ।

नगरभित्र रहेका कृषि सहकारी संस्थाहरुलेसमेत किसानलाई मल बीउ उपलब्ध गराउन चासो नदिइरहेको बेला साना किसान सहकारी संस्थाले कृषि सामग्री संस्थानबाट मल बीउ खरिद गरी सहुलियत मूल्यमा किसानलाई उपलब्ध गराइएको ओझाको भनाइ छ । संस्थाले कृषि सामग्री संस्थानको दमकस्थित कार्यालय र वीरगञ्जबाट मल बीउ ल्याएर वितरण गरिएको उहाँले बताउनु भयो ।

अध्यक्ष बस्नेतले किसानलाई समयमै मल बीयउ उपलब्ध गराउन नसके उत्पादन घट्ने बताउँदै थप मल बीउ ल्याएर वितरण गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button