नमुना परीक्षणका लागि छ जनाको स्याम्पल काठमाडौं पठाइयो

तुलसीपुर । तुलसीपुरको बेलझुण्डीस्थित कोरोना बिशेष अस्पतालबाट भर्ना भएका २४ जना मध्ये १५ जनालाई घरमै क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ ।
नमुना परीक्षणका लागि छ जनाको स्याम्पल काठमाडाँै पठाइएको छ । नमुना परीक्षणका लागि स्याम्पल हिजो काठमाडाँै पठाएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिनुभयो ।
अस्पतालमा रहेका मध्ये शंकास्पद लागेकाहरुको मात्र नमुना परीक्षणका लागि स्याम्पल काठमाडाँै पठाएको डा. शर्माले जानकारी दिनुभयो । स्याम्पल गाडीमार्फत पठाउनु पर्ने र काठमाडाँैमा पुगेर पनि लाइनमा बस्नु पर्ने भएकाले रिपोर्ट आउन एकहप्ता लाग्ने अस्पतालले जानकारी दिएको छ ।
भर्ना भएका मध्ये अधिकांस भारत र खाडी मुलुकबाट आएका छन् ।
प्रतिक्रिया राख्नुहोस्