तपाईँ सुन्दै हुनुहुन्छः

पाँचौं आरबीबी एनभीए भलिबलमा महिला तर्फ एपीएफको दोस्रो जित

काठमाडौं । राजधानीमा जारी पाँचौं आरबीबी एनभीए भलिबलमा महिला तर्फ डिफेन्डिङ च्याम्पियन एपीएफले लगातार दोस्रो जित दर्ता गरेको छ ।

आइतबार भएको खेलमा एपीएफले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा पराजित गरकोे हो । एपीएफले भरतपुर मेट्रोमाथि २५–११, २५–१२ र २५–१० को सेटमा जीत दर्ता गरेको हो । जितपछि एपीएफ समूह ए बाट सेमिफाइनल नजिक पुगेको छ । लगातार २ खेलमा पराजित भएको भरतपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अर्को खेलमा विजयी भएको हेल्प नेपाल पुरुष तर्फको क्र्वाटरफाइनलमा प्रवेश गर्दा समूह विजेता बनेको छ । पुरुषका ११ टिमलाई चार समूहमा विभाजन गर्दा समूह डीमा हेल्प नेपाल र बुद्धटोल युवा भलिबल क्लबमात्रै रहेकाले सिधै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए ।

आइतबारको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लागेको हो । हेल्प नेपालले बुद्ध टोललाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । हेल्प नेपाल २५–१०, २५–१५ र २५–११ को सेटमा विजयी भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button