तपाईँ सुन्दै हुनुहुन्छः

फ्रेण्ड्स र एनआरटी क्लबको जीत

काठमाडौं । राजधानीमा जारी मा फ्रेण्ड्स क्लबले दोस्रो जीत दर्ता गरेको छ । जीतसँगै तालिकामा एकै पटक चार स्थान माथि उक्लिएको छ ।

सातौं चरणको खेल अघि १३ औं स्थानमा रहेको फ्रेण्ड्सले आइतबार पुछारको सरस्वतीविरुद्ध शानदार ४–१ गोल अन्तरमा जीत दर्ता गर्दै नवौं स्थानमा उक्लिएको हो । पहिलो जीत निकाल्दा थ्रीस्टारलाई पराजित गरेको थियो । फ्रेण्ड्सको जीतमा उत्तम राईले २ तथा, वाग्नर डो क्याम्रो र सौलो डी अग्यौनोले एक एक गोल गरे ।

अर्को खेलमा एनआरटीले विभागीय क्लब एपीएफलाई ३–२ गोल अन्तरले पराजित गर्दै तीन अंक लिएको छ । एनआरटीको जारी लिगमा चौथो जीत हो । चार खेलमा जीत र एक खेलमा बराबरी खेलेको एनआरटीको ११ अंक छ । गत संस्करणको २ अंक घटाइएकाले ११ अंकका साथ पाँचौं स्थानमा रहेको हो ।

एपीएफविरुद्ध जीत दिलाउनका लागि २४ औं मिनेटमा आन्द्रे थेरीले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए । तर ४१ औं मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको यो खेलमा निर्णायक गोल दोस्रो हाफमा सम्भव भएका हुन् । एपीएफले ५४ औं मिनेटमा आशिषको गोलको मद्दतले २–१ को अग्रता लियो । ८० औं मिनेटमा जोर्डन एनडेम्बाले गोल गर्दै एनआरटीलाई २–२ को बराबरीमा ल्याएका थिए । ८५ औं मिनेटमा दर्शन गुरुङले गोल थपेपछि एनआरटीले ३–२ को जीत निकाल्न सफल भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button