तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर महानगरपालिकाको महानगर सौन्दर्य अभियान

विराटनगर । विराटनगर महानगरपालिकालाई सुुन्दर र हराभरा वनाउन आजदेखी महानगरपालिकाले महानगर सौन्दर्य अभियान शुुरु गरेको छ । विजलीको पोलमा स्टेन सहित फुलको गमला र फोहर फाल्ने डसमिन राखेर महानगरपालिकाले सौन्र्दय अभियान शुुरु गरेको हो ।

पहिलो चरणमा विराटनगरको तिनपैनी चौकदेखी ट्राफिक चौकसम्मको ८० वटा पोलमा वाह्रैमासे फुलने फुुलका विरुवा तथा डस्मिन राख्नेगरी अभियान शुुरु गरिएको महानगरपालिकाका प्रमुुख पराजुुलीले वताउनुुभयो ।

महानगरपालिका प्रमुुख भिम पराजुली र उपप्रमुुख इन्दिरा कार्की तथा महानगरपालिका प्रमुुख प्रसासकिय अधिकृत एकदेव अधिकारीले अभियानको शुुभारम्भ गर्नुु भएको थियो ।

महानगरपािलका र रोटरी क्लव विराटनगरको सहयोगमा अभियान शुुरु भएको हो । कार्यक्रममा वोेल्दै महानगर प्रमुुख पराजुुलीले विराटनगर महानगरपालिकाको सडक तथा नाला निमार्णको फेज अन्तिम चरणमा पुुगेकाले अव महानगरलाई सौन्दर्य र सरसफाई गर्ने अभियानमा महानगर जुुटेको वताउनुुभयो ।

रोटरी क्लव विराटनगरकी अध्यक्ष अर्चन तापडियाले महानगरलाई सफा र सौन्दर्य वनाउन महानगरवासीको सहयोग आवश्यक रहेको वताउनुुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button