तपाईँ सुन्दै हुनुहुन्छः

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाको  रिक्त सभामुख पदमा पार्टीका तर्फबाट अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बैठकपछि पार्टीका महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो ।

सचिवालय बैठक बस्नु अगाडि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख कसलाई बनाउने भन्ने विषयमा परामर्श भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button