तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीजीबीच आज बिहान टेलिफोन संवाद भएको छ ।
दुई प्रधानमन्त्री बीच आज विहान १०ः ३० बजे टेलिफोन संवाद भएको हो ।

उहाँहरूले आपसमा नयॉ बर्ष २०२० को शुभकामना आदानरप्रदान गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिनुभयो ।त्यस क्रममा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यस्थितिप्रति राख्नुभएको चासो र शुभेच्छाको लागि भारतीय प्रधानमन्त्री मोदीलाई आफ्नो तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

टेलिफोन संवादको क्रममा दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बॉकी समस्याहरू पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहने पनि उहाँहरूले विश्वास व्यक्त गर्नुभएको थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको लागि आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button