तपाईँ सुन्दै हुनुहुन्छः

कङ्गोमा विद्रोही समूहको आक्रमण : २३ सर्वसाधरण मारिए

ऐजेन्सी । लोकतान्त्रीक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा भएको विद्रोही समूहको अक्रमणमा परी २३ जना सर्वसाधारणको मृत्युको भएको छ ।

कङ्गोको पूर्वी बेनी प्रान्तको अपेटिना–साना क्षेत्रमा सोमबार राती भएको अक्रमणमा ए.डि.एफ नाम गरेको इस्लामीक अतिवादी समूहको हात रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आक्रमणकारीले घर–घरमा प्रवेश गरी त्यहाँ भएका मानिसको हत्या गर्नुको साथै आगजानी गरेको थिए ।
मृत्यु हुनेको संख्या अझैँ बढ्न सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button