तपाईँ सुन्दै हुनुहुन्छः

माथिल्लो त्रिशूली एकलाई वैदेशिक लगानी भित्र्याउन बाटो खुल्यो

काठमाडौं । माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजना निर्माणका लागि वैदेशिक लगानी भित्र्याउन बाटो खुलेको छ ।

लगानी बोर्डको आइतबारको बैठकले सो आयोजनाका लागि ६५ अर्ब बराबरको लगानी ल्याउन स्वीकृति दिएपछि बाटो खुलेको हो ।

प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको कूल २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली—एक जलविद्युत् आयोजनाको गत कात्तिक १५ गते वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका महाप्रबन्धक गिरिराज अधिकारीले बोर्डको बैठकले स्वीकृति दिएपछि आफूहरूलाई काम गर्न थप सहज भएको बताउनुभयो ।

कूल अनुमानित लागत ६५ अर्बको सो आयोजनामा बैंक तथा वित्तीय संस्थाले कूल ५१ अर्ब लगानी गर्ने सम्झौता भइसकेको छ । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण हुन लागेको ठूलो आयोजना हो ।

आयोजनामा विश्व बैक समूहको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)ले १६ करोड १३ लाख, एशियाली विकास बैक (एडीबी)ले छ करोड, एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले तीन करोड ९६ लाख, कोरियाली निर्यात–आयात बैंक (केएक्जिम) ले १० करोड, कोरिया डेभलपमेन्ट बैक (केडीबी)ले तीन करोड आठ लाख डलर ऋण लगानी गर्ने सम्झौता भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button