तपाईँ सुन्दै हुनुहुन्छः

निजामतीको सबै पदमा स्थायी पदपूर्ति गर्ने सहमति

फाइल तस्बिर

काठमाडौँ । संघीय निजामती सेवाको राजपत्र अनंकित द्धितीय श्रेणी (खरदार बाहेक) अन्य पदमा आन्तरिक प्रतियोगिताद्वारा पदपुर्ति नहुने विषयमा अधिकांस सासदहरु सहमत हुनु भएको छ ।

राज्यव्यवस्था तथा सुशासन समितिमा आज भएको छलफलमा कार्यालय समयमा कर्मचारी सेवा प्रवाहमा भन्दा आफ्नो पढाइमा मात्रै ध्यान गरेकाले सरकारी सेवा प्रवाह प्रभावकारी हुन नसकेको भन्दै आन्तरिक प्रतियोगिता भन्दा कार्यक्षमता हेरेर पारदर्शी रुपमा बढुवा गर्ने व्यवस्था गर्नु पर्नेमा सासंदहरुले जो दिनुभयो ।

बैठकमा राजपत्र अनंकित प्रथम श्रेणीमा खुलाबाट ५० प्रतिशत र ज्येष्ठता तथा कार्यक्षमता मुल्याङ्कनबाट ५० प्रतिशत पुदपूर्ति हुने व्यवस्थामा सहमति भएको छ ।

यस्तै राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) तहमा ७० प्रतिशत खुलाबाट, १० प्रतिशत अन्तर तह प्रतियोगिता अर्थात स्थानीय र प्रदेश तहका कर्मचारी आन्तरिक प्रतियोगिताबाट संघमा आउन सक्ने व्यवस्थामा र २० प्रतिशत ज्येष्ठता तथा कार्यक्षमता मुल्याङ्कनबाट बढुवा हुने व्यवस्थामा सहमति भएको छ ।

तर राजपत्राङ्कित द्धितीय र प्रथम श्रेणीमा भने आन्तरिक प्रतियोगिताद्वारा पदपुर्ति नहुने विषयमा सांसदहरु सहमत भएपनि प्रतिशत लगायतका प्राविधिक विषय मिलाउन जिम्मेवारी मन्त्रालय र समितिको सचिवालयलाई दिइएको छ ।

यस्तै निजामति सेवाको सबै स्थायी दरवन्दीमा स्थायी पदपुर्ती गर्ने सहमति पनि समितिमा भएको छ ।
यस व्यवस्थाबाट नीजामति कर्मचारीको स्थायी पदका रुपमा रहेको कार्यालय सहयोगी र ड्राइभर पदमा पनि स्थायी पदपूर्ति हुने भएको छ ।

सरकारले कार्यालय सहयोगी र ड्राइभरको स्थायी पदपूर्ति नगरी करारबाट लिने प्रस्ताव गरेको थियो ।

यसबाट यसअघि श्रेणीविहिन पदमा रहेका निजामति सेवाका कार्यालय सहयोगी र ड्राइभरहरु अब राजपत्र अनंकित पाँचौ श्रेणीमा रहने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button