तपाईँ सुन्दै हुनुहुन्छः

चौरपाटी गाउँपालिकामा आगामी आवदेखि एकीकृत सम्पत्ति कर

अछाम । चौरपाटी गाउँपालिका अछामका अध्यक्ष हर्कबहादुर साउदले आगामी आर्थिक बर्षदेखि गाउँपालिकालाई एकीकृत सम्पती करको दायरामा ल्याईने बताउनु भएको छ ।

एकीकृत सम्पती कर सम्बन्धि तीन दिने तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष साउदले समृद्ध गाउँपालिका निर्माणका लागि करको दायरामा ल्याईने बताउनुभयो ।

अध्यक्ष साउदले गाउँपालिकालाई करको दायरामा ल्याउनका लागि जनप्रतिनिधी र कर्मचारीको महत्वपूर्ण भूमिका रहने हुदाँ सहयोग गर्न आग्रह गर्नुभयो ।

तिन दिनसम्म सञ्चालन भएको तालिमको सहजीकरण पोखरा प्रशिक्षण केन्द्रका निर्देशक हरीकृष्ण कोईराला, प्रशिक्षक टापेन्द्र रिजाल, सम्पति कर विज्ञ ऋषिराम पाण्डेले गर्नु भएको थियो ।

स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान, ग्रामिण विकास प्रशिक्षण केन्द्र डोटी र चौरपाटी गाउँपालिकाको आयोजनामा जनप्रतिनिधी र कर्मचारीहरुलाई एकीकृत सम्पत्ती कर सम्बन्धी तालिमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button