तपाईँ सुन्दै हुनुहुन्छः

‘सबैको भावना समेटेर नेपाल मिडिया काउन्सिल विधेयक अगाडि बढाइन्छ’

अच्युत अर्याल । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबैको भावनालाई समेटेर नेपाल मिडिया काउन्सिल विधेयक अगाडि बढाइने बताउनुभएको छ ।

विधायन व्यवस्थापन समितिमा नेपाल मिडिया काउन्सिल विधेक, २०७५ माथिको प्रारम्भिक छलफलमा मन्त्री बाँस्कोटाले पाठक, श्रोता र दर्शकप्रति उत्तरदायी एवम् जिम्मेवार र पारदर्शी प्रेसको पक्षमा सरकार रहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले सञ्चारकर्मी र लगानीकर्ताको सुरक्षामा सरकार गम्भीर रहेको उल्लेख गर्दै आज जनतालाई दिग्भ्रमित हुनबाट जोगाउदै तथ्यमा आधारित पत्रकारितामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button